नियम ९६
बोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशन
बोलपत्र सम्बन्धी कागजातमा बोलपत्र
तयार गर्ने र पेश गर्ने निर्देशन दिंदा देहायका विषयका सम्बन्धमा निर्देशन दिन
सक्नेछ ः–
(क) बोलपत्र तयार गर्ने भाषा,
(ख) अन्तर्राष्ट्रिय व्यापारमा प्रयुक्त हुने शव्दावली ईन्टरनेशनल कमर्सियल
टर्मस् (ईन्कोटम्र्स) अनुसार मूल्य अभिव्यक्त गर्ने तरिका,
(ग) संयुक्त उपक्रम बारे आवश्यक जानकारी,
(घ) बोलपत्रदाताले बोलपत्र साथ पेश गर्नु पर्ने कागजातको सूची,
(ङ) बोलपत्रदाताले सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्ने
मालसामानको नमूना र नमूनाको संख्या,
(च) मालसामान खरिदको हकमा, आपूर्ति गरिने मालसामानको निर्माताले
सिफारिस गरेको त्यस्तो मालसामानको जगेडा पाटपूर्जाहरुको सूची तथा
निजस“ग रहेको प्रत्येक पार्टपूर्जाको मौज्दात परिमाण, प्रति इकाई मूल्य र
खरिद सम्झौताको अवधि समाप्त भएपछि त्यस्तो पार्टपूर्जाको मूल्य बढ्ने
नबढ्ने सम्बन्धी कुरा उल्लेख गर्नु पर्ने नपर्ने,
(छ) बोलपत्रदाताले आपूर्ति गर्ने मालसामानको उत्पादक, उत्पादन भएकोे
देश, ब्राण्ड, मोडल र क्याटलग नम्वर बोलपत्रमा खुलाउनु पर्ने कुरा,
(ज) खरिद कारबाहीका सम्बन्धमा बोलपत्रदाताले सार्वजनिक निकायस“ग कुनै
कुरा बुझ्न परेमा त्यस्तो कुरा स्पष्ट गर्न स्थानीय निकायबाट तोकिएको
सम्पर्क कर्मचारीकोे नाम, पद, र ठेगाना,
(झ) बोलपत्रदाताले खरिद सम्झौता बमोजिम स्थानीय निकायका कर्मचारीलाई
तालिम प्रदान गर्नु पर्ने भए वा त्यस्तो निकायलाई प्रविधि हस्तान्तरण गर्नु
पर्ने भए सो सम्बन्धी कुरा,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
डद्ध
(ञ) दाखिला भएका बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार स्थानीय
निकायमा सुरक्षित रहेको व्यहोरा,
(ट) स्थानीय निकायले आवश्यक ठानेका अन्य कुरा ।